बुधबार, वैशाख १६, २०८३

रेशम चौधरीविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

चौधरीविरुद्धको रिटमाथिको सुनुवाइका लागि पालो तोकिएकामा सर्वोच्च प्रशासनबाटै सुनुवाइ स्थगित भएको हो।
 |  बिहीबार, कात्तिक २३, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २३, २०८०

काठमाडौं– गणतन्त्र दिवस अवसरमा गत १५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले टीकापुर हत्याकाण्डमा आजीवन जेल सजाय पाएका रेशम चौधरीको आममाफीविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ स्थगित भएको छ।

National life

आज चौधरीविरुद्धको रिटमाथिको सुनुवाइका लागि पालो तोकिएकामा सर्वोच्च प्रशासनबाटै सुनुवाइ स्थगित भएको हो। राष्ट्रपतिबाट आममाफी पाएका रेशम र शीतलनिवासविरुद्ध दायर मुद्दामा अन्तिम सुनुवाइ हुन भनिएको थियो।

टीकापुर नरसंहारमा मारिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर केशव बोहरापत्नी शारदा कठायतले दायर गरेको रिटमा अन्तिम सुनुवाइ हुने तय थियो। सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले रेशमलाई बाँकी कैद मिनाहा दिने निर्णय गरेका थिए।

चौधरीको माफी मिनाहाको निर्णय हुँदा उनीविरुद्धको मुद्दामा सर्वोच्चले गरेको जन्मकैद सदर मुद्दाको फैसलाको पूर्णपाठ समेत तयार भएको थिएन। उनी जेलबाट छुटेपछि सार्वजनिक पूर्ण पाठमा अपराधको राजनीतिकरण गरी मुद्दा फिर्ता लिने प्रयास गर्नु र उन्मुक्ति दिनु गलत हुने उल्लेख छ।

२०७२ भदौमा टीकापुरमा सुरक्षाकर्मीसहित ८ जनाको हत्याको घटनामा दोषी ठहर भएका हुन्, रेशम चौधरी। चौधरीलाई जिल्ला अदालत कैलाली, उच्च अदालत दिपायल र सर्वोच्च अदालतले जन्मकैदको सजाय सुनाएको थियो। चौधरी जोडिएका घटनामा अरू आरोपितको भने कैद माफी मिनाहा भएको छैन।

kumari

प्रकाशित: Nov 09, 2023| 12:33 बिहीबार, कात्तिक २३, २०८०
प्रतिक्रिया दिनुहोस्