आइतबार, असार २८, २०८३

एमालेले मंसिर १४ देखि मध्यपहाडी लोकमार्ग विशेष अभियान चलाउने

 |  बुधबार, कात्तिक २२, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २२, २०८०

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मंसिर १४ गतेबाट मध्यपहाडी लोकमार्ग विशेष अभियान सञ्चालन गर्ने भएको छ।

ललितपुरस्थित पार्टी मुख्यालय च्यासलमा बुधबार बसेको सचिवालय बैठकले तीन साता लामो मध्यपहाडी लोकमार्ग अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

बैठकले यही मंसिर १४ गते बिहान साढे ८ बजे बैतडीको झुलाघाटबाट अभियान सुरुवात गर्ने भएको हो। उक्त अभियानको अध्यक्ष केपी शर्मा ओलीसहितले सुरुवात गर्नेछन्। 

सिंगो देशको अभियानका रूपमा विकास निर्माण र सामाजिक एकताको सन्देश दिने राष्ट्रिय अभियानको रूपमा यसलाई अघि सारिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।

 

प्रकाशित: Nov 08, 2023| 19:40 बुधबार, कात्तिक २२, २०८०
प्रतिक्रिया दिनुहोस्