सोमबार, वैशाख २९, २०८२

कोशी प्रदेशसभामा सभापतिबाहेक विषयगत समिति सदस्य मनोनीत

१० महिनापछि प्रदेशसभा बैठकले विभिन्न आठ समितिमा सदस्य मनोनीत गरेको हो।
 |  बुधबार, कात्तिक २२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २२, २०८०

vianetvianet

काठमाडौं– कोशी प्रदेशसभाको आजको बैठकमा उपसभामुख सिर्जना दनुवारले दस महिनापछि प्रदेशसभाको विभिन्न विषयगत समितिमा मनोयन गरिएका सदस्यको नाम सार्वजनिक गरेकी छन्।

triton college

न्याय प्रशासन तथा विधायन समितिमा १२, सुशासन तथा योजना समितिमा १५, अर्थ समितिमा १३, सार्वजनिक लेखा समितिमा ११, सामाजिक विकास समितिमा १२, उद्योग, पर्यटन तथा वातावरण समितिमा १३ र प्राकृतिक स्रोत तथा पूर्वाधार समितिमा १२ जनालाई मनोनयन गरिएको हो।

प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधनसमेत) को नियम १३३ बमोजिम  समितिमा सदस्यलाई मनोनयन गरिएको हो। यस्तै, आजकोे बैठकमा ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफलले निरन्तरता पाएको छ।

प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधनसमेत)को नियम ९३(१) बमोजिम सो विधेयक बिनाविभागीय मन्त्री शमशेर राईले सदनमा विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।

उक्त विधेयकलाई उपसभामुख सिर्जना दनुवारले निर्णयार्थ पेस गर्दा सर्वसम्मत पारित गरिएकाले सैद्धान्तिक छलफलले निरन्तरता पाएको हो। सैद्धान्तिक छलफल सुरु हुनुआगाडि कोशी प्रदेशसभा सदस्य विदुरकमार लिंथेमले विधेयकलाई सैद्धान्तिक छलफलमा लैजानुभन्दा पहिले विषयगत समितिमा छलफल एवं बहस गराउनुपर्ने मागसहित नियमापत्ति गरेका थिए।

National life insurance

त्यसपछि प्रारम्भ भएको छलफलमा प्रदेशसभा सदस्यहरू प्रदीपकुमार सुनुवार, राजेन्द्र कार्की, गीता तिमल्सेना, किशोरचन्द्र दुलाल, रमेशकुमार बस्नेत, पाँचकर्ण राई र जयप्रकाश चौधरीले सुशासन, स्थानीय प्रशासन र सेवासँग जोडिएको यो विधेयकलाई समृद्ध बनाउन विषयगत समितिमै छलफल हुनुपर्नेमा जोड दिए।

उनीहरुले जनतालाई सुशासन दिन, समायोजन भएर आउने कर्मचारीको मनोबल बढाउन र कर्मचारीलाई सेवामा समर्पित रहन विधेयक त्रुटिरहित हुनुपर्ने सुझाएका थिए। यसअघि शून्य समयमा मुलुकको समसामयिक विषयमा प्रदेशसभा सदस्यहरूले सरकारको ध्यानाकर्षण गराएका थिए। 

सांसदहरु अम्बरबहादुर विष्ट, इन्दिरा थापा, गोपाल रिजाल, इस्राईल मन्सुरी, गोम्बू शेर्पा, डोल्मा तामाङ, नारायणबहादुर मगर, रोहितबहादुर कार्की र होमबहादुर थापाले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।

प्रकाशित: Nov 08, 2023| 15:10 बुधबार, कात्तिक २२, २०८०
प्रतिक्रिया दिनुहोस्