सोमबार, वैशाख २९, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसले महामन्त्रीद्वय थापा र शर्मालाई भूकम्प प्रभावित क्षेत्र पठायो

कांग्रेसले महामन्त्रीद्वय थापा र शर्मालाई भूकम्प प्रभावित क्षेत्र पठायो

महामन्त्रीद्वय थापा र शर्मा भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमलगायत क्षेत्रको स्थलगत अवलोकनका लागि निस्किएको कांग्रेस मुख्यालयले जनाएको छ।
 |  बुधबार, कात्तिक २२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २२, २०८०

vianetvianet

काठमाडौं– सत्तारुढ कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भूकम्प प्रभावित क्षेत्र भ्रमणमा निस्किएका छन्। कांग्रेसले गत शुक्रबार जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पपछि भएको मानवीय तथथा भौतिक क्षतिको अवस्थाबारे अनुगमन र सहजीकरण गर्न महामन्त्रीद्वय थापा र शर्माको संयोजकत्वमा समिति गठन गरेको थियो।

triton college

महामन्त्रीद्वय थापा र शर्मा भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमलगायत क्षेत्रको स्थलगत अवलोकनका लागि निस्किएको कांग्रेस मुख्यालयले जनाएको छ। महामन्त्रीद्वयको भ्रमण विशेष री सात कार्यमा केन्द्रित रहने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलको विज्ञप्तिमा उल्लेख छ।

महामन्त्रीद्वयले प्रभावित क्षेत्रबाट आवश्यकताअनुरुप संघमा सोझै प्रधानमन्त्री  तथा प्रदेशमा मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराउनेछन्। उद्धार कार्य प्रशंसनीय ढंगले भए पनि राहत सामग्री अझै कयौं पीडितमा नपुगेको सन्दर्भमा पनि उनीहरुले टिपोटिङ गर्नेछन्।

संघ, प्रदेश, स्थानीय सरकार, राजनीतिक दलहरू, विभिन्न संघसंस्था एवं स्वयं सरकारी निकायबीच एकद्वार प्रणालीअनुसार समन्वय भए÷नभएकोबारे सहजीकरण गर्नेछन्।

प्रकाशित: Nov 08, 2023| 10:58 बुधबार, कात्तिक २२, २०८०
प्रतिक्रिया दिनुहोस्