सोमबार, वैशाख २९, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • सर्वदलीय बैठकपछि रवि लामिछानेले भने- जनता जोगाउनुस्, व्यवस्था आफैं जोगिन्छ

सर्वदलीय बैठकपछि रवि लामिछानेले भने- जनता जोगाउनुस्, व्यवस्था आफैं जोगिन्छ

 |  मंगलबार, कात्तिक २१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २१, २०८०

vianetvianet

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भूकम्पबाट पीडित बनेका जनताहरुलाई यतिबेला बचाउनतिर ध्यान नदिएर व्यवस्था जोगाउन भन्दै सर्वदलीय बैठक बसेको भन्दै आपत्ति जनाएका छन्। 

triton college

उनले यतिबेला भूकम्पबाट पीडित जनालाई पाल र ब्ल्यांकेट चाहिएको, चिसोबाट ज्यान जोगाउनु परिरहेको अवस्थामा उनले सर्वदलीय बैठक बस्ने दललाई जनता जोगाउनतिर लाग्न सुझाव दिएका हुन्। 

उनले भनेका छन्, ‘आदरणीय "सर्वदलीय हेड सर"हरु यता सुन्नुस् है, आज बैठक गर्ने सबै पार्टी मिलेर भूकम्प पीडितका घरमा पाल र ब्ल्यांकेट पुर्‍याउनुहोस् र यो चिसोमा जनता जोगाउनुस्। व्यवस्था आफैं जोगिन्छ, परिवर्तन आफैं जोगिन्छ।’
उनले अघि भनेका छन्, ‘सुत्केरीहरुको जिउ सुन्निएको छ, अस्थाइ शौचालय छैन, पुरिएका चौपायाका कारण महामारी फैलने डर छ। जुटाइदिएको पाल, चामल, दाल समयमै  बाड्न नसक्ने अनि चिन्ता व्यवस्थाको, परिवर्तन को?’

उनले यदि शीर्ष दलहरुले सक्दैनन् भने रास्वपाले जनताको लागि काम गर्न सक्ने र त्यसका लागि तयार रहेकोसमेत लामिछानेले बताएका छन्। उनले भनेका छन्, ‘तपाईंहरुले सक्नु हुन्न भने भन्नुस्, रास्वपाले सक्छ र रास्वपा तयार छ त्यो पनि पुनर्निर्माणसम्मको जिम्मा लिन तयार छ। फेरि पनि भन्छु, व्यवस्थामा खतरा छैन, भए पनि जोगाउने जनता छन्। तिनको जीवन रक्षा गरिदिनुस्।’

उनले जनता परिवर्तनका लागि तातो गोली खानसमेत पछि नहटेका जाजरकोट, रुकुम र बझाङका जनतालाई यस्तो चिसोमा आकाशमुनि सुत्न बाध्य पारेर परिवर्तन जोगाउने बैठकको दृश्यले आफ्ना आँखा नराम्ररी बिझाएको बताएका छन्। 

National life insurance

‘परिवर्तनका लागि तातो गोली खान पछि नहटेका जाजरकोट, रुकुम, बझाङका  जनतालाई यो चिसोमा आकाश मुनि सुत्न बाध्य पारेर परिवर्तन जोगाउने बैठकको दृश्यले मेरा आँखा नराम्ररी बिझाए। नोट: उद्दार कार्य उत्कृष्ट थियो तर राहत वितरण कत्ति पनि सही भएन।’

प्रकाशित: Nov 07, 2023| 20:23 मंगलबार, कात्तिक २१, २०८०
प्रतिक्रिया दिनुहोस्