बुधबार, वैशाख १६, २०८३

नेकपा एसका अध्यक्ष नेपालसहितको जम्बो टोली चीन प्रस्थान

 |  मंगलबार, कात्तिक २१, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २१, २०८०

National life
kumari

काठमाडौं- नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल १५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज चीन प्रस्थान गरेका छन्। 

चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको निमन्त्रणामा चीन भ्रमणमा गएको नेपाली प्रतिनिधिमण्डलले बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) परियोजनाबाट प्राप्त उपलब्धि साझेदारीसम्बन्धी कार्यक्रममा सहभागिता जनाउनेछ।

भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका नेतासँग नेपाल र चीन तथा दुई पार्टीबीचको सम्बन्धका बारेमा छलफल हुने अध्यक्ष नेपालले जानकारी दिए। नेपाली प्रतिनिधिमण्डल यही कात्तिक २८ गते स्वदेश फर्कनेछ। 

प्रकाशित: Nov 07, 2023| 19:30 मंगलबार, कात्तिक २१, २०८०
प्रतिक्रिया दिनुहोस्