सोमबार, वैशाख २९, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • सर्वदलीय बैठकमा प्रधानमन्त्रीलाई देउवा र ओलीको प्रश्‍न - व्यवस्थामाथि खतरा उत्पन्न भएको हो?

सर्वदलीय बैठकमा प्रधानमन्त्रीलाई देउवा र ओलीको प्रश्‍न - व्यवस्थामाथि खतरा उत्पन्न भएको हो?

 |  मंगलबार, कात्तिक २१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २१, २०८०

vianetvianet

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले व्यवस्थामाथिस खतरा उत्पन्‍न भएको हो? भन्दै प्रश्‍न गरेका छन्। 

triton college

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार दिउँसो बसेको बैठकमा सभापति देउवा र अध्यक्ष ओलीले व्यवस्थाविरुद्ध खतरा उत्पन्‍न भएको हो भने त्यस्ता गतिविधिमा सरकारले नियमन र नियन्त्रण किन नगरेको भन्दै प्रश्‍न गरेको भन्दै प्रधानमन्त्री प्रचण्डलाई प्रश्‍न गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए। 

ती नेताका अनुसार जवाफमा प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डले खतरा उत्पन्न नभएको आश्वस्त पारेका थिए। प्रधानमन्त्रीको भनाइ उदृत गर्दै ती नेताले नेपाल समयसँग भने, 'लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाविरुद्ध खतरा नै उत्पन्‍न भइ नसकेको भए पनि यसविरुद्धका गतिविधिलाई लिएर सचेत हुनुपर्ने समय आएको छ।' 

बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेता कृष्णप्रसाद सिटौला, प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, प्रमुख सचेतक पदम गिरी, सचेतक महेश बर्तौला, पोलिटब्युरो सदस्य महेश बस्नेत लगायतका नेताहरू सहभागी थिए।

त्यस्तै, माओवादी केन्द्रबाट पम्फा भुसाल, एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाल सहभागी थिए। लोकतान्त्रिक समाजवादी पार्टीबाट मन्त्री तथा नेता शरतसिंह भण्डारी र सर्वेन्द्रनाथ शुक्ल सहभागी थिए भने नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायतका नेताहरू बैठकमा सहभागी थिए।

National life insurance

प्रकाशित: Nov 07, 2023| 17:44 मंगलबार, कात्तिक २१, २०८०
प्रतिक्रिया दिनुहोस्