सोमबार, असार २९, २०८३

कांग्रेस महासमिति बैठकको मिति फेरि सारियो

यसअघि १३ देखि १६ मंसिरसम्म मिति तय गरिएको महासमिति बैठक १६ पुसका लागि सारिएको हो।
 |  मंगलबार, कात्तिक २१, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २१, २०८०

काठमाडौं–सत्तारुढ कांग्रेसको महासमिति बैठकको मिति फेरि सारिएको छ। यसअघि १३ देखि १६ मंसिरसम्म मिति तय गरिएको महासमिति बैठक १६ पुसका लागि सारिएको हो।

कांग्रेसले त्यसअघि २९ मंसिरदेखि २ पुससम्म महासमिति बैठक बस्ने मिति जुराएको थियो। आज मुख्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले महासमिति बैठक १६ पुसका लागि सारिएको जानकारी दिए।

राष्ट्रिय मेलमिलाप दिवसका दिन महासमिति बैठकको नयाँ मिति तय गरिएको उनले बताए। जाजरकोट भूकम्पका कारण नागरिकको हताहती भएकाले राहत तथा उद्धारमा समय दिन महासमिति बैठक सारिएको उनको भनाइ छ।

प्रकाशित: Nov 07, 2023| 15:59 मंगलबार, कात्तिक २१, २०८०
प्रतिक्रिया दिनुहोस्