आइतबार, साउन १०, २०८३

गैरीगाँउ हत्याका अभियुक्त पक्राउ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं महानगरपालीका–३२ गैरीगाँउमा भाएको हत्याकाण्डका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर हर्नामाडीका मनिष बानियाँ र काठमाडौं तारकेश्वर नगरपालीकाका महेश परियार छन । 

गत शनिबार गैरीगाँउमा पैसाको लेनदेन नमिलेपछि चक्कु प्रहार गर्दा शान्तिनगर सुकुम्बासी टोलमा बस्दै आएका बिक्की लिम्बु उपचारको क्रममा मृत्यु भएको थियो भने सुकुम्बासी टोलकै अनिल श्रेष्ठ गम्भीर घाईते भएका थिए ।

चक्कु प्रहार गर्ने मनिष र महेश तथा मृतक बिक्की र घाईते अनिल चारैजना ड्रग्स प्रयोगकर्ता र कारोबारी हुन । लागुऔषधको ८० हजारमा बिवाद हुँदा एक अर्कामा धारिलो चक्कु प्रहार भएको प्रहरीले दाबी गरेको छ । महेश परियारले एकमहिना अगाडी पनि चक्कु प्रहार गरी एक जनालाई गंम्भिर घाईते बनाएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।