बुधबार, वैशाख १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पञ्चकन्या ग्रुपद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पञ्चकन्या ग्रुपद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

 |  सोमबार, कात्तिक २०, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २०, २०८०

पञ्चकन्या ग्रुपले आफ्नो ५१औँ वार्षिकोत्सवको अवसरमा कात्तिक १७ गते काठमाडौँ मेडिकल कलेज (केएमसी) को प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ।

National life

शिविरमा नाक, कान, घाँटी, आँखा, दन्त सेवा, स्त्री रोग, मुटु रोगको परीक्षणअन्तर्गत ईसीजी तथा इको, बाल रोग, शल्यक्रिया, हाडजोर्नी तथा नशा र सामान्य स्वास्थ्य जाँच गरिएको थियो।

शिविरबाट २९४ जनाले लाभ लिएको कम्पनीले जनाएको छ। पञ्चकन्या ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै आएको छ।

 

प्रकाशित: Nov 06, 2023| 17:18 सोमबार, कात्तिक २०, २०८०
प्रतिक्रिया दिनुहोस्