बुधबार, वैशाख १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सुमन पोखरेल नियुक्त

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सुमन पोखरेल नियुक्त

 |  सोमबार, कात्तिक २०, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २०, २०८०

ग्लोबल आइएमई बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा सुमन पोखरेल नियुक्त भएका छन्। आइतबार बसेको बैंकको सञ्चालक समितिको बैठकले पोखरेललाई नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो। पोखरेलसँग दुई दशकभन्दा लामो बैंक तथा वित्तीय क्षेत्रमा काम गरेको अनुभव रहेको छ।

National life

वित्तीय संस्थाहरुको दीर्घकालीन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा अत्यन्त कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गरी कुशल व्यवस्थापकका रूपमा स्थापित पोखरेल यसअघि आइएमई ग्रुपको वरिष्ठ उपाध्यक्षको भूमिकामा रहि कार्य सम्पादन गरिसकेका छन्।

नेपालको पहिलो रेमिट्यान्स कम्पनी आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रहि उक्त कम्पनीलाई थप उचाइमा पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकले ३५२ शाखा, ३६२ एटीएम, ३२२ शाखारहित बैंकिङ सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गरिरहेको छ।

 

kumari

प्रकाशित: Nov 06, 2023| 17:17 सोमबार, कात्तिक २०, २०८०
प्रतिक्रिया दिनुहोस्