शनिबार, जेठ ५, २०८१

सानिमा बैंकले १४.७० प्रतिशत लाभांश दिने

 |  सोमबार, कात्तिक २०, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २०, २०८०

सानिमा बैंक लिमिटेडले १४.७० प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

triton college

बिहीबार बसेको १९औँ वार्षिक साधारण सभाले चुक्ता पुँजीको ९ प्रतिशत बोनस सेयर र ५.७० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो।

गत आर्थिक वर्ष २०७९/८० मा सानिमा बैंकले २ अर्ब ६१ करोड खुद मुनाफा गरेको थियो। बैंकको कुल सम्पत्ति २ खर्ब १५ अर्ब ६४ करोड र कुल निक्षेप १ खर्ब ७८ अर्ब ८५ करोड र कर्जा लगानी १ खर्ब ४९ करोड ८७ अर्ब रहेको छ।

 

प्रकाशित: Nov 06, 2023| 17:16 सोमबार, कात्तिक २०, २०८०
प्रतिक्रिया दिनुहोस्