बुधबार, वैशाख १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • लुम्बिनी विकास बैंकद्वारा चन्द्रज्योति माविलाई प्रिन्टर हस्तान्तरण

लुम्बिनी विकास बैंकद्वारा चन्द्रज्योति माविलाई प्रिन्टर हस्तान्तरण

 |  सोमबार, कात्तिक २०, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २०, २०८०

लुम्बिनी विकास बैंक लिमिटेड, देविघाट शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विदुर नगरपालिका वडा नं. ५ मास्थित श्री चन्द्रज्योति माध्यामिक विद्यालयलाई एक थान प्रिन्टर हस्तान्तरण गरेको छ।

National life

प्रिन्टर हस्तान्तरण कार्यक्रममा बैंकको तर्फबाट देविघाट शाखाका प्रमुख रमेशकुमार नेपाल, बट्टार शाखाका प्रमुख विश्वम्भरमान सिंह डंगोल, ढिकुरे शाखाका प्रमुख सूर्यकुमार पण्डित र विदुर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष लिलानाथ न्यौपाने सहभागी थिए। त्यसका साथै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्रराज डंगोल र विद्यालयका प्रधानाध्यापक बासुदेव पनेरुको पनि उपस्थिति रहेको थियो। देविघाट शाखाका प्रमुख रमेशकुमार नेपालले बैंकको वर्तमान अवस्था तथा भावी योजनाबारे धारणा राखेका थिए।

लुम्बिनी विकास बैंक लिमिटेडका देशभर ८९ वटा शाखा कार्यालय र एउटा एक्सटेन्सन काउन्टर सञ्चालनमा छ।

 

प्रकाशित: Nov 06, 2023| 17:14 सोमबार, कात्तिक २०, २०८०
प्रतिक्रिया दिनुहोस्