सोमबार, असार २९, २०८३

कोशीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाको राजीनामा अस्वीकृत

कांग्रेसभित्र संस्थापन र संस्थापन इतर समूहको झगडामा थापा र कार्की अलग–अलग समूहमा छन्।
 |  सोमबार, कात्तिक २०, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २०, २०८०

काठमाडौं– कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता उद्धव थापाको राजीनामा अस्वीकृत भएको छ।

आज प्रदेशसभा सचिवालयमा बसेको कांग्रेस संसदीय दलको बैठकले उनको राजीनामा अस्वीकृत गरेको हो।

थापाले दुई–दुईपल्ट कोशी प्रदेशको मुख्यमन्त्री बने पनि सर्वोच्च अदालतको परमादेशबाट राजीनामा दिएका थिए। अहिले कांग्रेसकै केदार कार्की कोशीमा मुख्यमन्त्री रहेका छन्।

कांग्रेसभित्र संस्थापन र संस्थापन इतर समूहको झगडामा थापा र कार्की अलग–अलग समूहमा छन्। कार्की मुख्यमन्त्री भएपछि थापाले संसदीय दलको नेताबाट राजीनामा दिएका थिए। 

प्रकाशित: Nov 06, 2023| 16:09 सोमबार, कात्तिक २०, २०८०
प्रतिक्रिया दिनुहोस्