शनिबार, जेठ ५, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित

भूकम्पका कारण मुलुकमा असहज अवस्था सिर्जना भएकाले राष्ट्रपतिकै इच्छामा युरोप भ्रमण स्थगित।
 |  सोमबार, कात्तिक २०, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २०, २०८०

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले २२ कात्तिकदेखि गर्न लागेको युरोप भ्रमण स्थगित गरेका छन्।

triton college

भूकम्पका कारण मुलुक शोकमा रहेका बेला राष्ट्रपति विदेश भ्रमणमा जान लागेको भन्दै आलोचना भएपछि भ्रमण स्थगित गरिएको परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेले पुष्टि गरेका हुन्।

भूकम्पका कारण मुलुकमा असहज अवस्था सिर्जना भएकाले राष्ट्रपतिकै इच्छामा युरोप भ्रमण स्थगित भएको बुझिएको छ। पेरिस पिस फोरममा भाग लिन राष्ट्रपति पौडेल २२ कात्तिकमा फ्रान्स जाने तालिका थियो। त्यसपछि जर्मनी र इटाली भ्रमण गरेर १ मंसिरमा स्वदेश फर्किने तय भएको थियो।

गत शुक्रबार जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडालाई केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा जारजकोट र रुकुम पश्चिममा गरी १५३ जनाको मृत्यु र कयौं घाइते भएपछि राष्ट्रपतिलाई विदेश भ्रमण स्थगित गर्न दबाब परेको थियो। मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिको भ्रमण स्वीकृत गरिसकेको थियो।

प्रकाशित: Nov 06, 2023| 15:08 सोमबार, कात्तिक २०, २०८०
प्रतिक्रिया दिनुहोस्