शनिबार, कात्तिक २९, २०८२

टिकटकलाई मर्यादित बनाउन सरकारको उर्दी, जथाभावी बोले कारबाही 

 |  आइतबार, कात्तिक १९, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १९, २०८०

काठमाडौं- सरकारले टिकटकलाई मर्यादित बनाउन निगरानी बढाएको छ। गृह मन्त्रालयले एक सूचना जारी गर्दै टिकटक लगायतका सामाजिक सञ्‍जाललाई मर्यादित र कानुनसम्मत प्रयोग गर्न पनि आग्रह गरेको छ। 

National life

गत शुक्रबार गृह मन्त्रालयमा गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सुरक्षा निकाय लगायतका सरकारी निकाय एवम् टिकटकका अन्तर्राष्ट्रिय प्रतिनिधिहरुबीच छलफल गरी टिकटकलाई मर्यादित बनाउने निर्णय गरेका हुन्। जस अनुसार यसको दुरुपयोग रोक्नका लागि त्यसमा प्रकाशन तथा प्रसारण हुने गैरकानूनी सामग्री स्वत: हट्ने व्यवस्था मिलाउन र दोषीउपर कानून बमोजिम कारबाही गर्न नेपाल प्रहरीको साइवर ब्युरो लगायत सरकारी निकाय र टिकटकको कार्यालय, सिंगापुर बीच सहकार्य बढाउने  बताइएको छ। 

टिकटकसहितका सामाजिक सञ्‍जालमा सम्प्रेषण गरिएका गलत सामग्रीले व्यक्ति तथा समाजलाई नकारात्मक प्रभाव पार्नुका साथै कतिपय अवस्थामा व्यक्तिको चरित्र हत्या गर्ने, शान्ति सुरक्षाको अवस्था विगार्ने, जातीय, भाषिक, धार्मिक सदभाव खल्बल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्ने लगायतका दुष्प्रभाव सिर्जना गर्ने उक्त बैठकको ठहर रहेको छ। 

सूचनामा भनिएको छ, 'उक्त छलफलबाट टिकटकमार्फत सामाजिक सद्भाव विगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट व्यक्तिहरुको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव विगार्ने र अश्लील खालका गतिविधि तथा सामग्रीहरु हटाउन र त्यस्ता कार्य गर्ने व्यक्तिहरु पत्ता लगाई कानूनी कारबाहीको दायरामा ल्याउन सहज हुने भएको छ।'

अतः जिम्मेवार नागरिकको रुपमा कानूनसम्मत शिक्षामूलक र सामाजिक सद्भाव नबिगार्ने सामग्री मात्र प्रकाशन, प्रसारण गरी असल नागरिकको भूमिका निर्वाह गर्न र गैरकानूनी कार्य गरेवापत हुने कानूनी कारबाहीबाट बच्‍न गृह मन्त्रालयले आग्रह गरेको छ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 05, 2023| 18:02 आइतबार, कात्तिक १९, २०८०
प्रतिक्रिया दिनुहोस्