बुधबार, वैशाख १६, २०८३

कुलमान घिसिङलाई कार्यालय प्रवेशमा रोक 

कांग्रेस, एमाले निकट ट्रेड युनियनमा आबद्ध कर्मचारीलाई सरुवा गरिएपछि स्थगन गर्न माग गर्दै आन्दोलन।
 |  आइतबार, कात्तिक १९, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १९, २०८०

काठमाडौं– लोडसेडिङमुक्त नेपाल अभियान चलाइरहेका विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आन्दोलनरत प्राधिकरणकै कर्मचारीले तीन दिनसम्म रत्नपार्कस्थित कार्यालय प्रवेशमा रोक लगाएको घोषणा गरेका छन्।

National life

कांग्रेस, एमाले निकट नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियन र नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघले आज, भोलि र पर्सि तीन दिनसम्म सातबुँदे माग सम्बोधन नगरेको भन्दै विरोधस्वरुप कार्यालय प्रवेशमा रोक लगाएका हुन्।

कांग्रेस, एमाले निकट कर्मचारी १२ कात्तिकदेखि विभिन्न माग राखेर आन्दोलन गर्दै आएका छन्। उनीहरुले प्राधिकरणका कार्यकारी निर्देशक, उप–कार्यकारी निर्देशक प्रशासन, जनसाधन विभागका निर्देशक र सबै प्रादेशिक कार्यालय प्रमुखलाई कार्यकक्ष पस्न नदिइने उद्घोष गरेका छन्।

१९ कात्तिक ११ः१५ देखि १२ः१५ बजेसम्म, २० कात्तिक ११ः१५ देखि १२ः४५ बजेसम्म र २१ कात्तिक ११ः१५ देखि १ः१५ बजेसम्म कार्यकक्ष प्रवेश निषेध गरिने उल्लेख छ।

प्राधिकरणले गत ३० असोजमा आठदेखि दुई तहसम्मका २९७ कर्मचारी सरुवा गरेपछि कांग्रेस, एमाले निकट ट्रेड युनियनमा आबद्ध कर्मचारीले त्यसलाई नमान्ने घोषणा गर्दै आन्दोलन थालेका छन्। प्राधिकरणले गरेको सरुवा बदर हुनुपर्ने माग उनीहरुको छ।

kumari

प्रकाशित: Nov 05, 2023| 11:54 आइतबार, कात्तिक १९, २०८०
प्रतिक्रिया दिनुहोस्