सोमबार, वैशाख ८, २०८२

बंगलादेशमा आन्दोलनरत श्रमिक र प्रहरीबीच झडप

 |  शनिबार, कात्तिक १८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १८, २०८०

vianetvianet

ढाका- बंगलादेशको राजधानी ढाकामा मजदुरको ज्याला तीन गुणा बढाउन माग गर्दै सुरु भएको विरोध प्रदर्शनको अवज्ञा गर्दै कारखानाहरू पुनः सञ्चालनमा आएपछि शनिबार राजधानी ढाका नजिकै हडतालरत गार्मेन्ट मजदुर र प्रहरीबीच झडप भएको छ।

triton college

बंगलादेशका करिब तीन हजार ५०० गार्मेन्ट कारखानाहरूले दक्षिण एसियाली देशको वार्षिक ५५ अर्ब अमेरिकी डलरको निर्यातको लगभग ८५ प्रतिशत हिस्सा ओगटेका छन्। बंगलादेशले लेभिज, जारा र एच एन्ड एमलगायत फेसन ब्राण्डमा विश्वभर तयारी पोशाक आपूर्ति गर्दछ। तर, यस क्षेत्रका ४० लाख कामदारमध्ये अधिकांशको अवस्था दयनीय छ। न्यून आयभउका कामदारमध्ये अधिकांश महिलाहरू छन् जसको मासिक ज्याला आठ हजार ३०० टाका (७५ अमेरिकी डलर) बाट सुरु हुन्छ।

हडतालका कारण सबैभन्दा बढी प्रभावित क्षेत्रमा एक सातादेखि बन्द रहेका करिब ६०० व्यवसाय पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ। तर, राजधानी ढाकाको पश्चिममा रहेको औद्योगिक शहर आशुलियामा करिब १० हजार कामदारले आफ्ना सहकर्मीलाई सिफ्टमा फर्कन बाट रोक्ने प्रयास गरेपछि झडप भएको प्रहरीले जनाएको छ।

आशुलियाका प्रहरी प्रमुख मोहम्मद सरोवर आलमले एएफपीसँग भने, 'उनीहरूले अधिकारी र कारखानाहरूमाथि ढुङ्गा र इँटा प्रहार गरे र सडक अवरुद्ध गर्ने प्रयास गरे।'

'हामीले अश्रुग्यास प्रहार गरेर उनीहरूलाई तितरबितर पारेका छौँ,' उनले भने, 'त्यहाँ र नजिकैको सावरमा एक हजार ५०० सुरक्षाकर्मी तैनाथ गरिएको छ।'

National life insurance

स्थानीय प्रहरी प्रमुख सरवर आलमले ढाकाको उत्तरी क्षेत्रमा रहेको औद्योगिक क्षेत्र गाजीपुरमा एक सातासम्म चलेको हिंसात्मक प्रदर्शनपछि कामदारहरू आफ्नो सिफ्टमा फर्किएको बताए। अहिले अवस्था शान्तिपूर्ण बनेको छ।

बंगलादेश गार्मेन्ट एण्ड इन्डस्ट्रियल वर्कर्स फेडेरेसनका अध्यक्ष कल्पोना अक्टेरले साताव्यापी विरोधप्रदर्शनका कारण ग्याप, वालमार्ट, एच एन्ड एम, जारा, इन्डिटेक्स, बेस्टसेलर, लेभिज, मार्क्स एन्ड स्पेन्सर, प्रिमार्क र एल्डीजस्ता विश्वका केही शीर्ष फेसन ब्रान्डको उत्पादन प्रभावित भएको बताएका छन्। 

प्रिमार्कका प्रवक्ताले डब्लिनस्थित फास्ट–फेसन रिटेलरले ‘आपूर्ति श्रृङ्खलामा कुनै व्यवधानको अनुभव नगरेको’ बताए। 'हामी हाम्रा आपूर्तिकर्ताहरूसँग सम्पर्कमा छौं, जसमध्ये केहीले अस्थायी रूपमा आफ्नो कारखाना बन्द गरेका छन्,' प्रवक्ताले भने।

प्रकाशित: Nov 04, 2023| 22:00 शनिबार, कात्तिक १८, २०८०
प्रतिक्रिया दिनुहोस्