मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनविरूद्ध विद्रोहको मुद्दा

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनविरूद्ध विद्रोहको मुद्दा

 |  आइतबार, चैत ३१, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत ३१, २०८१

सियोल- दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलले गत डिसेम्बरमा अल्पकालीन सैनिक शासन लागू गरेको अभियोगमा उनीविरूद्ध सोमबार फौजदारी मुद्दा दायर गरिने भएको छ। 

National life

उनले डिसेम्बर ३ मा राजनीतिक गतिविधि र मिडियाको सेन्सरसिप स्थगन गर्न आदेश दिएपछि देशमा सैन्य शासन लागू गर्ने प्रयास गरेका थिए। विपक्षी सांसदहरूले मतदान गरेपछि उक्त आदेश छ घण्टामात्र चलेको थियो।
 
यस विनाशकारी प्रयासका लागि दक्षिण कोरियाली संसद् (नेशनल एसेम्ब्ली) ले युनलाई महाभियोग लगाएको थियो भने महाभियोगको प्रस्ताव दर्ता भएपछि उनी निलम्बनमा परेका थिए। संवैधानिक अदालतले अप्रिल ४ मा उनलाई राष्ट्रपतिको जिम्मेवारीबाट पूर्ण रूपमा हटाउने आदेश सुनाएको थियो। 

यद्यपि उनले राष्ट्रपतिको सबै विशेषाधिकार गुमाइसकेका छन्। अझै पनि विद्रोहको अभियोगमा उनीविरूद्ध सोमबार आपराधिक मुद्दा दायर गर्ने तयारी गरिएको छ।  फेब्रुअरीमा भएको प्रारम्भिक सुनुवाइका क्रममा युनका वकिलले उनको हिरासत प्रक्रियागत रूपमा त्रुटिपूर्ण भएको तर्क गरेका थिए, जुन तर्कलाई अदालतले स्वीकार गरेको थियो। हिरासत प्रक्रियागत रूपमा त्रुटिपूर्ण भएको तर्कका आधारमा उनी पक्राउ परेको ५२ दिनपछि रिहा भएका थिए।

हप्तौँसम्म प्रहरी र अभियोजनकर्ताविरुद्ध आवाज उठाएपछि जनवरीमा उनलाई पक्राउ गरिएको थियो। उनी राष्ट्रपति रहेकै समय पक्राउ पर्ने पहिलो दक्षिण कोरियाली राष्ट्रपति बनेका थिए। दोषी ठहरिएमा युनलाई आजीवन कारावास वा मृत्युदण्डसमेत हुनसक्छ।

शुक्रबार ६४ वर्षीय पूर्व नेताले राष्ट्रपति निवास खाली गरी सियोलस्थित आफ्नो निजी निवासमा पुगी आफ्ना समर्थकलाई अअभिनन्दन गरेका थिए। 

Laxmi sunrise bank
kumari

‘अब, म गणतन्त्र कोरियाको एक साधारण नागरिकमा फर्कन्छु, र म हाम्रो देश र हाम्रा जनताको सेवामा नयाँ बाटो खोज्नेछु,’ उनले सामाजिक सञ्जालमा जारी एक विज्ञप्तिमा भनेका छन्। युनलाई हटाएसँगै दक्षिण कोरियामा आगामी जुन ३ मा उनको उत्तराधिकारी चयनका लागि मध्यावधि निर्वाचन हुने भएको छ। त्यतिबेलासम्म यो देश कार्यवाहक राष्ट्रपति हान डक–सोद्वारा शासित रहनेछ।   -एएफपी

प्रकाशित: Apr 13, 2025| 15:19 आइतबार, चैत ३१, २०८१
प्रतिक्रिया दिनुहोस्