शुक्रबार, असार ५, २०८३

त्रिभुवन विमानस्थलबाट एक किलो सुनसहित महिला पक्राउ

 |  बुधबार, असार ४, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, असार ४, २०८२
National life
Shivam cement

काठमाडौं- प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट एक किलो १ सय ५९ ग्राम सुनसहित एक महिलालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतीय नागरिक ५३ वर्षीय मीना सुरजितसिंह खेमानी रहेको प्रहरीले जनाएको छ। एयर अरेवियाको उडानद्वारा शारजाहबाट काठमाडौं आएकी खेमानी विमानस्थलको आगमन भन्सार एरियाको टनेल गेटबाट करिब एक किलो १ सय ५९ ग्राम सुनजस्तो देखिने अर्धठोस पदार्थसहित पक्राउ परेकी हुन्।

प्रहरीले प्लास्टिकले र्‍याप गरेको तीनवटा डल्लाको सुन जस्तो देखिने अर्धठोस पदार्थ फेला पारी पक्राउ गरेको छ।

प्रकाशित: Jun 18, 2025| 19:00 बुधबार, असार ४, २०८२
प्रतिक्रिया दिनुहोस्