मंगलबार, असार १७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • भारत र पाकिस्तानलाई संयमित हुन संयुक्त राष्ट्रसंघका प्रमुखको आग्रह

भारत र पाकिस्तानलाई संयमित हुन संयुक्त राष्ट्रसंघका प्रमुखको आग्रह

 |  बुधबार, वैशाख २४, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २४, २०८२

vianetvianet

काठमाडौं- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले भारत र पाकिस्तानलाई सैन्य संयमित हुन आह्वान गरेका छन्। महासंघका प्रवक्ताले जारी गरेको एक पत्रमा नियन्त्रण रेखा र पाकिस्तानसँगको अन्तर्राष्ट्रिय सीमामा भारतीय सैन्य कारबाहीप्रति प्रमुख गुटेर्रेसले गहिरो चिन्ता व्यक्त गरेको उल्लेख छ।

‘विश्वले भारत र पाकिस्तानबीच सैन्य टकराव सहन सक्दैन’ पत्रमा भनिएको छ। सोमबार राष्ट्रसंघका महासचिव गुटेर्रेसले दक्षिण एसियाका २ छिमेकी मुलुकबीचको तनाव ‘केही वर्षयताकै उच्च’ स्थितिमा पुगेको चेतावनी दिएका थिए।

उनले दुवै सरकारलाई तनाव कम गर्न र कुटनीतिलाई बढावा दिनको लागी आफू मातहतका कार्यालयहरूको निर्देशन दिँदै ‘सैन्य समाधान कुनै समाधान नभएको’ बताए। गुटेर्रेसले अप्रिल २२ मा पहलगाममा भएको आतंकवादी आक्रमणको पुनः एकपटक कडा शब्दमा निन्दा गरेका छन्।

उनले भने, ‘सर्वसाधारणलाई निशाना बनाउनु अस्वीकार्य छ र घटनाका लागि जिम्मेवार व्यक्तिहरूलाई विश्वसनीय र कानूनी माध्यमबाट न्यायको कठघरामा ल्याउनुपर्छ।’ गत अप्रिल २२ मा भारत प्रशासित काश्मिरको पहलगाममा पर्यटकमाथि भएको घातक आक्रमणपछि भारत र पाकिस्तानबीच तनाव बढेको छ। रासस 

प्रकाशित: May 07, 2025| 14:14 बुधबार, वैशाख २४, २०८२
प्रतिक्रिया दिनुहोस्