बुधबार, वैशाख १६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • भूकम्प प्रभावितको उद्धार र राहतबारे छलफल गर्न देउवाले बोलाए कार्यसम्पादन समिति बैठक

भूकम्प प्रभावितको उद्धार र राहतबारे छलफल गर्न देउवाले बोलाए कार्यसम्पादन समिति बैठक

 |  शनिबार, कात्तिक १८, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १८, २०८०

National life
kumari

काठमाडौं- जाजरकोटमा शुक्रबार राति गएको भूकम्पमा भएको मानवीय र भौतिक क्षतिपछि राहत र उद्धारको विषयमा छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्। 

सभापति देउवाले कात्तिक १९ (आइतबार) बिहान १० बजेका लागि बैठक बोलाएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बस्नेछ। बैठकमा केन्द्रीय कार्यसमिति पदाधिकारी एवं सदस्यहरूलाई आमन्त्रण गरिएको छ। यसअघि कांग्रेसले भूकम्प प्रभावितको राहत र उद्धारका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो। 

प्रकाशित: Nov 04, 2023| 18:36 शनिबार, कात्तिक १८, २०८०
प्रतिक्रिया दिनुहोस्