बुधबार, वैशाख १६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • गुटबन्दी र आत्मरतिमा रमाउँदा कांग्रेसको छवि बिग्रियो: शेखर कोइराला

गुटबन्दी र आत्मरतिमा रमाउँदा कांग्रेसको छवि बिग्रियो: शेखर कोइराला

 |  शनिबार, कात्तिक १८, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १८, २०८०

काठमाडौं- सत्तासाझेदार दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अन्तर्राष्ट्रियस्तरमै आफ्नो पार्टीको छवि गिर्दै जानु राम्रो संकेत नभएको बताएका छन्। केवल गुटबन्दी र आत्मरतिमा रमाउँदाको यो परिणाम भएको उनले उल्लेख गरे।

National life

शनिबार धादिङबेँसीमा आयोजित कार्यक्रममा कोइरालाले राष्ट्रिय राजनीतिको मियो बन्नुपर्नेमा कांग्रेस आन्तरिक झगडामा रुमल्लिनु विडम्बना भएको बताए।

'राष्ट्रिय राजनीतिको मियो बन्न सरकारको नेतृत्व नै गर्नपर्छ भन्ने छैन,' उनले भने,'बीपी कोइराला जेलमा हुनुहुन्थ्यो, पार्टी प्रतिबन्धित थियो, तर त्यति बेला पनि नेपाली कांग्रेस राजनीतिको मियो थियो। मेरो लक्ष्य कांग्रेसलाई फेरि त्यस्तै पार्टी बनाउने हो।'

बीपीदेखि सुशील कोइरालाको नेतृत्व रहँदासम्म कांग्रेसको वरिपरि नेपालको राजनीति घुमेको भन्दै उनले नेताहरूकै कमजोरीका कारण पार्टीको छवि गिर्दै गएको टिप्पणी गरे।

प्रकाशित: Nov 04, 2023| 20:20 शनिबार, कात्तिक १८, २०८०
प्रतिक्रिया दिनुहोस्