मंगलबार, जेठ ८, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • भूकम्प प्रभावितको उद्धारमा परिचालित जहाजको इन्धन नि:शुल्क 

भूकम्प प्रभावितको उद्धारमा परिचालित जहाजको इन्धन नि:शुल्क 

 |  शनिबार, कात्तिक १८, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १८, २०८०

काठमाडौं- नेपाल आयल निगम लिमिटेडले भूकम्प प्रभावितको उद्धारमा परिचालन भएका हवाई जहाज र हेलिकप्टरकोमा प्रयोग हुने इन्धन खर्च बेहोर्ने घोषणा गरेको छ।

triton college

निगमले शनिबार एक विज्ञप्ति जारी गर्दै विपद्‍को घडीमा भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा खटिएका नेपाल एयरलाइन्स र नेपाली सेनाको हवाइजहाज एवम् हेलिकप्टरमा प्रयोग हुने हवाई इन्धन वापतको खर्च बेहोर्ने घोषणा गरेको हो।

आर्थिक वर्ष २०८०/८१ को संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकबाट उक्त खर्च बेहोर्ने निर्णय भएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यसअघि नेपाल टेलिकमले रुकुम पश्चिम, जाजरकोट र रुकम पूर्व क्षेत्रमा ५ दिनका लागि भ्वाइस कल (टेलिफोन) र एसएमस सेवा निःशुल्क गराएको छ।

नेपाल सरकारले भूकम्प प्रभावित पश्चिम रुकुम र जाजरकोटमा खोज/उद्धार र राहत व्यवस्थापनका लागि तत्काल १० करोड रुपैयाँ पठाउने निर्णय गरेको छ। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले भूकम्प प्रभावित दुवै जिल्लामा जनही ५/५ करोड रुपैया पठाउने निर्णय भएको हो।

शुक्रबार राति आएको विनासकारी भूकम्पबाट क्षति भएको स्थानमा खोज/उद्धार र राहत व्यवस्थापनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितका संयन्त्र खटिएका छन्।

corrent noodles
Metro Mart

प्रकाशित: Nov 04, 2023| 18:06 शनिबार, कात्तिक १८, २०८०
प्रतिक्रिया दिनुहोस्