सोमबार, असार २९, २०८३

कांग्रेसका पूर्वनिर्धारित सार्वजनिक कार्यक्रम स्थगित

पार्टीको सम्पूर्ण ध्यान भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गर्न आवश्यक रहेकाले पूर्वनिर्धारित तिहारसम्मका सम्पूर्ण कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको हो। 
 |  शनिबार, कात्तिक १८, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १८, २०८०

काठमाडौं– सत्तारुढ कांग्रेसले जाजरकोट भूकम्पका कारण तिहारअघिका पूर्वनिर्धारित सार्वजनिक कार्यक्रम स्थगित गरेको छ। भूकम्पका कारण पूर्वनिर्धारित कार्यक्रम स्थगन गरिए पनि महासमिति सदस्य चयनको आन्तरिक कार्यक्रम जारी रहने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। 

‘पार्टीको सम्पूर्ण ध्यान भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गर्न आवश्यक रहेकाले केन्द्र, प्रदेश हुँदै पालिका स्तरसम्म पार्टीले आयोजना गर्न लागेका पूर्वनिर्धारित तिहारसम्मका सम्पूर्ण कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको छ। यो निर्णयलाई आ–आफ्नो तहमा कार्यान्वयन गर्न–गराउन कांग्रेस निर्देश गर्दछ’, विज्ञप्तिमा भनिएको छ।

भूकम्पका कारण ठूलो संख्यामा भएको मानवीय तथा भौतिक क्षति र सयौंको संख्यामा नागरिक घाइते भएको घटनाले सम्पूर्ण नेपालीलाई नै शोकविह्वल र स्तब्ध बनाएको भन्दै कांग्रेसले स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न अपिल गरेको छ।

प्रकाशित: Nov 04, 2023| 17:20 शनिबार, कात्तिक १८, २०८०
प्रतिक्रिया दिनुहोस्