सोमबार, असार २९, २०८३

एमालेको चियापान स्थगन

जाजरकोट भूकम्पपछि प्रभावितको राहत र उद्धारको काममा केन्द्रित हुनपर्ने भएकाले एमालेबाट आयोजित शुभकामना कार्यक्रम स्थगन।
 |  शनिबार, कात्तिक १८, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १८, २०८०

काठमाडौं–एमालेले दसैं, तिहार, छठ र नेपाल संवत् अवसरमा आज गर्ने भनिएको शुभकामना कार्यक्रम स्थगित गरेको छ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले विभिन्न जिल्लामा पार्टीले आज राखेका शुभकामना आदानप्रदान तथा चियापानका सबै कार्यक्रम स्थगित गर्न निर्देशन दिइएको बताए।

उनले जाजरकोट भूकम्पपछि प्रभावितको राहत र उद्धारको काममा केन्द्रित हुनपर्ने भएकाले पार्टीका तर्फबाट आयोजित शुभकामना कार्यक्रम स्थगन गरिएको जानकारी दिए। 

एमालेले विपद् र शोकको समय सुर्खेत, नेपालगञ्ज, काठमाडौंका पार्टीका कमिटीलाई उपचार, अस्पतालको व्यवस्थापन र घाइतेका लागि आवश्यक रगत संकलनमा सहयोग गर्न आग्रह गरेको छ।

प्रकाशित: Nov 04, 2023| 17:59 शनिबार, कात्तिक १८, २०८०
प्रतिक्रिया दिनुहोस्