सोमबार, वैशाख २९, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • केन्द्र सरकारले रुकुम पश्चिम र जाजरकोटमा तत्काल ५/५ करोड रुपैयाँ पठाउने

केन्द्र सरकारले रुकुम पश्चिम र जाजरकोटमा तत्काल ५/५ करोड रुपैयाँ पठाउने

 |  शनिबार, कात्तिक १८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १८, २०८०

vianetvianet

काठमाडौं-  नेपाल सरकारले भूकम्प प्रभावित पश्चिम रुकुम र जाजरकोटमा खोज/उद्धार र राहत व्यवस्थापनका लागि तत्काल १० करोड रुपैयाँ पठाउने निर्णय गरेको छ। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले भूकम्प प्रभावित दुवै जिल्लामा जनही ५/५ करोड रुपैया पठाउने निर्णय भएको हो।

triton college

गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीका अनुसार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत हाललाई उक्त रकम पठाउने निर्णय भएको हो। उक्त रकम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत खर्च हुने छ।

सूचना अधिकारी अधिकारीका अनुसार हालसम्म जाजरकोटमा ९५ र पश्चिम रुकुममा ४३ जनाको मृत्यु भएको पुष्टि भएको छ। त्यस्तै जाजरकोटमा १ सय ५० र रुकुममा १ सय ४४ जना घाइते भएका छन्। घाइतेमध्ये सुर्खेतमा १५ र नेपालगञ्जमा १९ जनाको उपचार भइरहेको गृह मन्त्रालयले जनाएको छ।

शुक्रबार राति आएको विनासकारी भूकम्पबाट क्षति भएको स्थानमा खोज/उद्धार र राहत व्यवस्थापनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितका संयन्त्र खटिएका छन्।

प्रकाशित: Nov 04, 2023| 13:28 शनिबार, कात्तिक १८, २०८०
प्रतिक्रिया दिनुहोस्