मंगलबार, जेठ ८, २०८१

सेरेसद्वारा ललितपुरमा नयाँ शोरुम उद्घाटन

 |  शुक्रबार, कात्तिक १७, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १७, २०८०

विद्युतीय सवारी साधनको ब्रान्ड सेरेसले ललितपुरको थासिखेलमा आफ्नो दोस्रो अत्याधुनिक शोरुम उद्घाटन गरेको छ। नेपालमा सेरेस ईभीहरुको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्पले ललितपुरमा डिलरशिपका लागि सिल्भर मुन मोटर्स प्रालिसँग साझेदारी गरेको हो।

triton college

शोरुमले ब्रान्डको पहुँचलाई थप वृद्धि गर्ने तथा उत्साही र सम्भावित ग्राहकहरूलाई रोमाञ्चक सेरेस ईभीहरुको अन्वेषण गर्ने हबको रूपमा काम गर्ने जनाइएको छ। उद्घाटन समारोहमा एमएडब्लु ग्रुपका प्रबन्ध निर्देशक विष्णु अग्रवाल, सेरेसका कन्ट्री म्यानेजर फोर्ड हु र सिल्भर मुन मोटर्सका प्रबन्ध निर्देशक विष्णु भण्डारीले आ–आफ्नो धारणा राख्दै यस उद्यमको महत्व र आफ्नो समर्थनका बारेमा प्रकाश पारेका थिए।

सेरेसले सन् २०२३ मा विश्वको सबैभन्दा द्रुत विकास हुँदै गरेको अटोमोबाइल ब्रान्डहरूमध्ये एकको रूपमा मान्यता प्राप्त गरेको छ, जसले विद्युतीय सवारी साधनहरूमा गुणस्तर र नवीनताप्रति आफ्नो प्रतिबद्धता देखाएको छ। हुवाएसँगको साझेदारीले उन्नत विद्युतीय सवारी प्रविधिप्रतिको सेरेसको समर्पणलाई अझै प्रगाढ बनाएको कम्पनीको भनाइ छ ।

बेनेली मोटरसाइकलमा नयाँ अफरबेनेली मोटरसाइकलको नेपालकालागि आधिकारिक वितरक केटिएम इन्टरनेशनल ट्रेडिङ प्रालिले चाडपर्वलाई लक्षित गर्दै ‘पहिला कहिल्यै, नभएको अहिले’ योजना सार्वजनिक गरेको छ । उक्त अफर बेनेलीका सबै मोडलका मोटरसाइकलका लागि मान्य हुनेछ ।

यसमा ग्राहकहरूले प्रत्येक खरिदमा थाइल्याण्डको निःशुल्क यात्रा वा सो बराबरको नगद छुट, बेनेलीको ब्रान्डेड हेल्मेट र अन्य धेरै उपहार प्राप्त गर्न सक्नेछन् ।

corrent noodles
Metro Mart

यो अफर अन्तरगत बेलेनी पेनेरिया स्कुटर, टिएनटी–१५, टिएनटी–१५०आई र ३०२एस मोडलमा  ग्राहकहरुले १ लाख रुपियाँसम्मको स्क्र्याच कुपन र १८०एस तथा टीआरके बेनेली मोटरसाइकलमा थाइल्याण्ड भ्रमण वा सो बराबरको नगद छुट पाउनेछन् ।

प्रकाशित: Nov 03, 2023| 17:06 शुक्रबार, कात्तिक १७, २०८०
प्रतिक्रिया दिनुहोस्