मंगलबार, असोज ७, २०८२

नबिल बैंक र ग्रन्थ इलेक्ट्रिक भेहिकलबीच सम्झौता

 |  शुक्रबार, कात्तिक १७, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १७, २०८०
Kumaribank
Metro Mart

नबिल बैंक र ग्रन्थ इलेक्ट्रिक भेहिकलबीच सम्झौता भएको छ। ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालि (एफडी मोटर्स) र नबिल बैंकबीच एफडी मोटर्स ब्राण्डका इलेक्ट्रिक स्कुटरहरू किन्न चाहने ग्राहकहरूलाई सरल र सहज रूपमा क्रेडिट कार्डमार्फत् कर्जा सुविधा पाउने विषयमा सम्झौता भएको हो। सम्झौताअनुसार कुनै पनि ग्राहकहरूले एफडी मोटर्सका सो रुमहरूमा गई आवश्यक पर्ने कागजात दिएर क्रेडिट कार्डमार्फत् किस्ता तिरेर इलेक्ट्रिक स्कुटरहरू खरिद गर्न सक्नेछन्।

एफडी मोटर्सले हाल दुई ओटा मोडेलका इलेक्ट्रिक स्कुटरहरू बिक्री गर्दै आएको छ। जसमा एफ फाइभको मूल्य दुई लाख ६१ हजार नौ सय ९९ रुपैयाँ र एफ फाइभ ए को मूल्य दुई लाख ९७ हजार नौ सय ९९ रुपैयाँ रहेको छ। ग्रन्थ ईभीले एफ फाइब प्रो र एफ फाइब ए प्रो बिक्रीका लागि बजारमा ल्याउँदैछ। एफडी मोटर्स नेपालको स्कुटरमा प्रयोग भएको पाँच विशेषता र उपयुक्त मूल्यका कारण प्रयोक्ताहरूमाझ लोकप्रिय बन्न पुगेको छ।

 

प्रकाशित: Nov 03, 2023| 17:05 शुक्रबार, कात्तिक १७, २०८०
प्रतिक्रिया दिनुहोस्