एभरेष्ट बैंकले ७८ करोड बढी खुद नाफा कमाएको छ। बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो।
बैंकले चालु आवको तीन महिनामा ७८ करोड ७ लाख ५९ हजार रुपैयाँ खुद कमाएको छ। जुन, गत वर्षको सोही अवधिको तुलनामा भने ९.४५ प्रतिशतले कमी हो। गत वर्षको पहिलो त्रैमासमा बैंकले ८६ करोड २२ हजार ३७ हजार रुपैयाँ नाफा कमाएको थियो।
बैंकको खुद ब्याज आम्दानी पनि बढ्न सकेको छैन। यता, संचालन नाफामा घटेको छ। यता, इम्पेयरमेन्ट चार्ज बढेकाले पनि बैंको नाफा असर गरेका देखिन्छ। बैंकले इम्पेयरमेन्ट चार्ज बापत ४२ करोड ९५ लाख रुपैयाँ छुट्याएको छ।
समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी झिनो वृद्धि भई १ अर्ब ८९ करोड १५ लाख ३२ हजार रुपैयाँ कायम भएको छ। यस्तै, बैंकको संचालन नाफा पनि ९.४५ प्रतिशतले घटेर १ अर्ब ११ करोड ५४ लाख रुपैयाँ कायम भएको छ। समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा भने ४ अर्ब ५२ करोड १० लाख रुपैयाँ रहेको छ।
तीन महिनामा बैंकको निक्षेप ७.९६ प्रतिशतले बढेर २ खर्ब १३ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। समिक्षा अवधिमा बैंकको कर्जा लगानी पनि ३.७६ प्रतिशतले वृद्धि भई १ खर्ब ६५ अर्ब ४८ करोड ३० लाख रुपैयाँ पुगेको छ।
हाल बैंकसँग शून्य दशलमलव ९० प्रतिशत मात्रै खराब कर्जा रहेको छ। यस्तै, बैंकको प्रतिसेयर आम्दानी पनि ७ रुपैयाँ ७४ पैसाले बढेर २९ रुपैयाँ १९ पैसा पुगेको छ। बैंकको प्रतिसेयर नेटवर्थ २४२ रुपैयाँ ३४ पैसा रहेको छ।
बैंकको चुक्ता पुँजी १० अर्ब ६९ करोड ८० लाख रुपैयाँ छ। बैंकले जगेडा तथा कोषमा पनि १० अर्ब ४६ करोड ८२ लाख रुपैयाँ राखेको छ।