सोमबार, वैशाख २९, २०८२

राष्ट्रपति र प्रधानमन्त्रीको राजीनामा मागेर सडकमा उत्रिँदै एमाले

 |  शुक्रबार, कात्तिक १७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १७, २०८०

vianetvianet
triton college
National life insurance

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भ्रातृ संस्था राष्ट्रिय युवा संघ नेपालले राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री र कानुनमन्त्रीको राजीनामा माग गर्दै सडक प्रदर्शन गर्ने भएको छ।
एमाले नेता महेश बस्नेतका अनुसार आज दिउँस ३ बजे काठमाडौंको नयाँ बानेश्वरमा विरोध प्रदर्शन हुन लागेको हो।
राष्ट्रपतिबाट सजाय माफी पाएका कांग्रेस कार्यकर्ता योगराज ढकाल (रिगल)लाई सर्वोच्च अदालतले पुन: जेल पठाइदिएपछि एमालेले राष्ट्रपतिलगायत प्रधानमन्त्री र मन्त्रीहरुको राजीनामा मागेको हो।

व्यक्ति हत्याका दोषीको सजाय मिनाहा गर्ने सरकार र राष्ट्रपतिको कदमको यसअघि पनि विरोध भएको थियो। अहिले सर्वोच्चको आदेशपछि भने उनीहरुले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने आवाज उठिरहेको छ।

प्रकाशित: Nov 03, 2023| 14:10 शुक्रबार, कात्तिक १७, २०८०
प्रतिक्रिया दिनुहोस्