बुटवल– कपिलबस्तु प्रहरीले दुर्लभ रेडपाण्डाको छालासहित तीन जनालाई पक्राउ गरेको छ। झापा विर्तामोडका २९ वर्षीय खगेन्द्र पुरी, सोही ठाउँकै ३२ वर्षीय आशिस जोगी र २६ वर्षीय सौरब राजवंशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ।
बाणगंगा नगरपालिका–४ सिद्धिपुरस्थित एक होटलबाट बिहीबार बेलुका साँढे ६ बजे उनीहरूलाई नियन्त्रणमा लिइएको कपिलबस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए।
दुई वटा रेड पाण्डाको छाला, पुच्छरसहित उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूमाथि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ।