मंगलबार, असार २४, २०८२

लम्साल भए कांग्रेसको बागमती प्रदेश संसदीय दलको सचेतक

 |  बिहीबार, कात्तिक १६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १६, २०८०

vianetvianet

मकवानपुर- नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रमुख​ सचेतकमा गोविन्द लम्साललाई नियुक्त गरिएको छ।

लम्साललाई नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को धारा ११ बमोजिम बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरिएको हो।

यसअघि करिब २ महिना कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा रहँदा कुन्दनराज काफ्लेले सो जिम्मेवारी सम्हालेका थिए। सो समयमा प्रदेश सरकारको नेतृत्व एमाले र राप्रपाको समर्थनमा माओवादी केन्द्रले गरेको थियो।

राष्ट्रपति निर्वाचनमा सत्ता समीकरण फेरिएसँगै गत चैतमा कांग्रेस सरकारको समर्थन गर्दै सत्तारुढ दल बनेको थियो।

प्रकाशित: Nov 02, 2023| 21:39 बिहीबार, कात्तिक १६, २०८०
प्रतिक्रिया दिनुहोस्