शनिबार, वैशाख २६, २०८३

लम्साल भए कांग्रेसको बागमती प्रदेश संसदीय दलको सचेतक

 |  बिहीबार, कात्तिक १६, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १६, २०८०

मकवानपुर- नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रमुख​ सचेतकमा गोविन्द लम्साललाई नियुक्त गरिएको छ।

National life

लम्साललाई नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को धारा ११ बमोजिम बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरिएको हो।

यसअघि करिब २ महिना कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा रहँदा कुन्दनराज काफ्लेले सो जिम्मेवारी सम्हालेका थिए। सो समयमा प्रदेश सरकारको नेतृत्व एमाले र राप्रपाको समर्थनमा माओवादी केन्द्रले गरेको थियो।

राष्ट्रपति निर्वाचनमा सत्ता समीकरण फेरिएसँगै गत चैतमा कांग्रेस सरकारको समर्थन गर्दै सत्तारुढ दल बनेको थियो।

प्रकाशित: Nov 02, 2023| 21:39 बिहीबार, कात्तिक १६, २०८०
प्रतिक्रिया दिनुहोस्