शुक्रबार, असार २६, २०८३

डलरको भाउ हालसम्मकै उच्च

 |  बिहीबार, कात्तिक १६, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १६, २०८०

अमेरिकी डलरको भाउ फेरि उच्च विन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ५७ पैसा कायम भएको छ भने खरिददर मूल्य १३२ रुपैयाँ ९७ पैसा छ।

यसअघि असोज ३० गते पनि यही उच्च मूल्यमा पुगेर डलरको भाउ केही घटेको थियो। अमेरिकी डलरको मूल्य बढ्दा नेपाली अर्थतन्त्रसँग गाँसिएका केही क्षेत्रमा फाइदा देखिए पनि समग्र अर्थतन्त्रमा ठूलो बेफाइदा पुग्ने गर्छ।

डलरको मूल्य बढ्दा खासगरी रेमिट्यान्समा फाइदा देखिने गरेको छ। तर अन्य मुलुकसँग नेपालको व्यापार घाटा ठूलो रहेकाले डलरको मूल्य बढ्दा नेपाललाई नोक्सानी बढी हुन्छ।

प्रकाशित: Nov 02, 2023| 10:43 बिहीबार, कात्तिक १६, २०८०
प्रतिक्रिया दिनुहोस्