बुधबार, असार ४, २०८२

प्रधानमन्त्री प्रचण्ड आज बुटवल जाँदै

 |  बिहीबार, कात्तिक १६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १६, २०८०

vianetvianet

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुटवल जाँदैछन्। आम्दा अस्पतालको २५औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्नका लागि प्रधानमन्त्री दाहाल बुटबल जान लागेका हुन्।

आम्दा नेपाल, तत्कालीन बुटवल नगरपालिका र बुटवल उद्योग वाणिज्य संघबीच त्रिपक्षीय लगानीमा निर्माण भएको उक्त अस्पताल ५० शय्या बनाइएको थियो।

तर, अहिले सो अस्पतालको क्षमता विस्तार गरी २ सय शय्याको बनाउने भएपछि प्रधानमन्त्री प्रचण्डले नयाँ भवनको शिलान्यास गर्नेछन्।

बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयका अनुसार प्रधानमन्त्री प्रचण्डले अस्पतालको थप २०० शय्या भवनको शिलान्यास र शैक्षिक कार्यक्रमको शुभारम्भ गर्ने कार्यक्रम तय गरिएको छ।

प्रकाशित: Nov 02, 2023| 09:28 बिहीबार, कात्तिक १६, २०८०
प्रतिक्रिया दिनुहोस्