शनिबार, वैशाख २६, २०८३

मन्त्री साउद र अमेरिकी सिनेटर होलेनबीच भेटवार्ता

 |  बिहीबार, कात्तिक १६, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १६, २०८०

वासिङ्टन डिसी- परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी सिनेटका वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनबीच भेटवार्ता भएको छ।

National life

भेटघाटमा दुई पक्षीय सम्बन्धको बारेमा छलफल भएको छ। साथै नेपाल र अमेरिकाबीचको संसदको अनुभव आदानप्रदानका विषयमा समेत छलफल भएको थियो। 

सिनेटर होलेनले गत सेप्टेम्बर महिनामा नेपालको भ्रमण गरेका थिए। अमेरिकामा रहेका नेपालीलाई टेम्पोरेरी प्रोक्टेक्डेड स्टाटयस (टीपीएस) मार्फत स्थायी बसोबासका लागि समेत बिल तयार पारेका, मेरिल्यान्डबाट अमेरिकाको सिनेटमा प्रतिनिधित्व गर्ने सिनेटर होलेन डेमोक्रयाट पार्टीका प्रभावशाली सिनेटर हुन्।

सिनेटर होलेनसँगको भेटमा अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री, उपनियोग प्रमुख कुमार खरेललगायत उपस्थित  थिए। मन्त्री साउद हाल अमेरिकाको औपचारिक भ्रमणमा छन्।

प्रकाशित: Nov 02, 2023| 08:29 बिहीबार, कात्तिक १६, २०८०
प्रतिक्रिया दिनुहोस्