आइतबार, वैशाख २३, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • नेपाल तरुण दल काठमाडौंमा विवाद : 'अवैधानिक कार्यबाहक अध्यक्ष'ले बोलाएको बैठक बहिष्कार 

नेपाल तरुण दल काठमाडौंमा विवाद : 'अवैधानिक कार्यबाहक अध्यक्ष'ले बोलाएको बैठक बहिष्कार 

 |  बुधबार, कात्तिक १५, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १५, २०८०

काठमाडौं- नेपाल तरुण दल काठमाडौंको विवाद चुलिएको छ। नेपाल तरुण दलका तत्कालीन अध्यक्ष कृष्णजी खड्का दलको केन्द्रीय सदस्यमा मनोनित भएर असोज २१ गते केन्द्रीय सदस्यको शपथ ग्रहण गरेका थिए। 

triton college

दलको विधानको धारा ३५ को उपधारा २ (क) मा दलको माथिल्लो पदमा मनोनित भएको अवस्थामा तल्लो तहको पद स्वत: रिक्त मानिने व्यवस्था रहेको छ। यद्पि असोज २१ गते केन्द्रीय सदस्यको शपथ लिएका खड्काले असोज २३ गते भने अध्यक्षकै हैसियतमा पार्टीको १४ औं महाधिवेशनबाट काठमाडौं क्षेत्र नम्बर ३ को पार्टीको कोषाध्यक्षमा मनोनित भएका दलका पूर्वउपाध्यक्ष अनमोल श्रेष्ठलाई कार्यवाहक अध्यक्ष तोकेका थिए। 

यद्पि दलका सचिव दिनेशविक्रम शाहले भने विधि र विधानको कार्यान्वयन गराउने व्यक्तिहरुले नै विधानले नै नचि‍न्‍ने उपाध्यक्ष श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको भन्दै विरोध गरेका थिए। सचिव शाहको विरोधका बाबजुद 'अवैधानिक कार्यबाहक अध्यक्ष' श्रेष्ठले बुधबार दलको बैठक बोलाएपछि सचिव शाहले उक्त बैठक बहिष्कार गरेका हुन्। 

सचिव शाहले बैठकमा नै गएर तरुण दलको गरिमालाई नै कमजोर बनाउने गरी विधानले नै नचिन्‍ने व्यक्तिलाई अवैधानिकरुपमा प्रदान गरिएको पत्रका आधारमा बोलाइएको बैठक वैधानिक हुननसक्ने भन्दै बहिष्कार गरेको बताएका छन्। 

तरुण दलको विधानको धारा ३५ को उपधारा २ (ख) मा नेपाली कांग्रेसको कुनै पनि तहको कार्यकारी पदमा रहेको दलको सदस्य दलको पदबाट स्वत: मुक्त मानिने उल्लेख छ। सोही प्रावधान अनुसार तरुण दलका उपाध्यक्ष रहेका श्रेष्ठ पार्टीको काठमाडौं क्षेत्र नम्बर ३ को कोषाध्यक्ष मनोनित भएपछि उनी स्वत: पदमुक्त भएको मानिन्छ। यद्पि केन्द्रीय सदस्य मनोनित भएपछि रिक्त रहेको कार्यवाहको जिम्मेवारी श्रेष्ठलाई दिइएको हो। 

corrent noodles
Metro Mart

श्रेष्ठ तरुण दलको चौथो महाधिवेशनमा काठमाडौं क्षेत्र नम्बर ३ को अध्यक्षमा पराजित, १३ औं महाधिवेशनमा काठमाडौं महानगरपालिका वडा नम्बर ६ को इकाइ सभापतिमा पराजित भएका थिए। पछि उनलाई दरुण दलको जिल्ला सदस्य मनोनित गर्दै जिल्ला उपाध्यक्ष बनाइएको थियो। 

प्रकाशित: Nov 01, 2023| 18:25 बुधबार, कात्तिक १५, २०८०
प्रतिक्रिया दिनुहोस्