मंगलबार, वैशाख २९, २०८३

पर्यटक आगमन उत्साहजनक, अक्टोबरमा आए १ लाख १७ हजार

 |  बुधबार, कात्तिक १५, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १५, २०८०

पर्यटक आगमनमा रेकर्ड ब्रेक भएको छ। यो वर्षको अक्टोबरमा आएका पर्यटकको संख्याले रेकर्ड तोडेको हो।

National life

नेपाल पर्यटन बोर्डका अनुसार अक्टोबरमा एक लाख १७ हजार ३०७ पर्यटक नेपाल घुम्न आएका छन्। यो संख्या एक महिनामा नेपाल आएका पर्यटकको हालसम्मकै उच्च हो।

यसअघिका महिनामा मासिक एक लाखसम्म पर्यटक घुम्न आएका थिए। सन् २०२३ को जनवरीदेखि अक्टोबरसम्ममा आठ लाख ९ हजार ६७८ पर्यटक भित्रिएका छन्। यो संख्या हवाई मार्ग हुँदै आएका पर्यटकको हो।  

अक्टोबरमा कुन मुलुकबाट कति पर्यटक?

भारत: १८ हजार ४८०
अमेरिका: १४ हजार ८७९
बेलायत: ८ हजार २१७
चीन: ६ हजार ८८०
अष्ट्रेलिया: ६ हजार ०७५
जर्मनी: ५ हजार ९१६
फ्रान्स: ५ हजार २७१
बंगलादेश: ४ हजार २९२
श्रीलंका: २ हजार ५०७
इटाली: २ हजार ४६७

प्रकाशित: Nov 01, 2023| 15:54 बुधबार, कात्तिक १५, २०८०
प्रतिक्रिया दिनुहोस्