शनिबार, वैशाख २६, २०८३

एमाले मुख्यालयमा चियापानको चहलपहल

 |  बुधबार, कात्तिक १५, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १५, २०८०

नेकपा एमालेले आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दैछ। दसैं, तिहार, छठलगायत पर्वहरूको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्न लागेको हो।

National life

चियापानको तयारी आज बिहानैदेखि सुरु भएको थियो। सवा १२ बजे सुरु हुने भनिएको चियापानका लागि थुप्रै कार्यकर्ताहरु च्यासल पुगिसकेका छन्।  कार्यक्रममा सबै राजनीतिक दलसहित उच्च पदस्थका व्यक्तिहरुलाई आमन्त्रण गरिएको जनाइएको छ।

एमालेले बडादसैँको अवसर पारेर हरेक वर्ष चियापान कार्यक्रम आयोजना गर्दै आएको छ।

प्रकाशित: Nov 01, 2023| 12:19 बुधबार, कात्तिक १५, २०८०
प्रतिक्रिया दिनुहोस्