शनिबार, वैशाख २६, २०८३

इलामको उपनिर्वाचन वैशाखमा

 |  बुधबार, कात्तिक १५, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १५, २०८०

National life

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचन वैशाखमा गर्ने परामर्श आयोगले सरकारलाई दिएको बताएका छन्। राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा उनले उपनिर्वाचन वैशाखमा गर्दा उपयुक्त हुने परामर्श दिइएको जानकारी दिए।

इलाम क्षेत्र नम्बर २ मा नेकपा (एमाले) सांसद सुवास नेम्वाङको निधनपछि सो स्थान रिक्त छ। स्थान रिक्त भएको ६  महिनामा उपनिर्वाचन गर्नुपर्ने व्यवस्था छ।

यसैगरी राष्ट्रियसभा निर्वाचन माघको १०, ११ र १२ मध्ये एक दिन गर्ने तयारीमा निर्वाचन आयोग रहेको उनले बताए। राष्ट्रिय सभामा फागुन २१ बाट १९ जनाको पद रिक्त हुँदैछ।

प्रकाशित: Nov 01, 2023| 11:57 बुधबार, कात्तिक १५, २०८०
प्रतिक्रिया दिनुहोस्