आइतबार, वैशाख २७, २०८३

एमालेको चियापान आज

 |  बुधबार, कात्तिक १५, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १५, २०८०

नेकपा एमालेले आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दैछ। दसैँ, तिहार, छठलगायत पर्वहरूको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्न लागेको हो।

National life

एमाले अध्यक्ष केपी शर्मा ओलीले चाडपर्वको अवसरमा पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा उपस्थित हुन आह्वान गरेका छन्।

चियापान कार्यक्रम च्यासलमा दिउँसो ठिक सवा १२ बजेदेखि सुरु हुनेछ। कार्यक्रममा सबै राजनीतिक दलसहित उच्च पदस्थका व्यक्तिहरुलाई आमन्त्रण गरिएको जनाइएको छ।

एमालेले बडादसैँको अवसर पारेर हरेक वर्ष चियापान कार्यक्रम आयोजना गर्दै आएको छ।
 

प्रकाशित: Nov 01, 2023| 08:23 बुधबार, कात्तिक १५, २०८०
प्रतिक्रिया दिनुहोस्