मंगलबार, वैशाख २९, २०८३

फूलमा पनि आत्मनिर्भर हुन नसकेकोमा ओलीको चिन्ता

 |  मंगलबार, कात्तिक १४, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १४, २०८०

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्रका कारण फूल र फलफूलमा आत्मनिर्भर हुन नसकेको बताएका छन्।

National life

नर्सरी व्यवसायी संघ, नेपालको आयोजनामा मंगलबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको तिहार पुष्प मेलाको उद्घाटन गर्दै अध्यक्ष ओलीले यसअघि मुलुकको अर्थतन्त्र नै आत्मनिर्भर रहेको अवस्थामा फूलमा आत्मनिर्भर रहेपनि अहिले मुलुकको अर्थतन्त्रका कारण फूल र फलफूलमा आत्मनिर्भर हुन नसकेको बताएका हुन्।

उनले मुलुकको अर्थतन्त्र आत्मनिर्भर भए सबै कुरामा आत्मनिर्भर हुन सकिने धारणा राखे। ओलीले फूलको उत्पादनमा राज्यले पनि प्रोत्साहन गर्न नसकेकाले निजी व्यवसायीहरू आफै त्यसतर्फ अग्रसर हुनुपर्नेमा जोड दिए।

फूल र फलफूलको क्षेत्रमा आत्मनिर्भरतातर्फ अघि बढेको भन्दै फूलमा आत्मनिर्भरता हुन समय नलाग्ने उनको भनाइ छ। कार्तिक १८ गतेसम्म चल्ने मेलामा ६० वटा व्यवसायिक स्टल रहेको आयोजकले जनाएको छ।

मेलामा कम्तीमा ३० हजारले अवलोकन गर्ने र ५० लाखभन्दा बढीको आर्थिक कारोबार हुने विश्वास लिइएको छ।


 

प्रकाशित: Oct 31, 2023| 21:32 मंगलबार, कात्तिक १४, २०८०
प्रतिक्रिया दिनुहोस्