मंगलबार, वैशाख २९, २०८३

नेप्से परिसूचकमा दोहोरो अंकले गिरावट

 |  मंगलबार, कात्तिक १४, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १४, २०८०

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १४ दशमलव २९ अङ्कले घटेर एक हजार आठ सय ६४ दशमलव ४० को बिन्दुमा पुगेको हो।

National life

आज दुई सय ८६ कम्पनीको २२ लाख ५८ हजार एक सय ८७ कित्ता शेयर २५ हजार छ सय २५ पटक खरिदबिक्री हुँदा रू ५७ करोड १४ लाख ८३ हजार दुई सय ७६ बराबरको कारोबार भएको छ।

सबै समूहको उपसूचक रातो देखिएका छन्। सबैभन्दा धेरै जीवन बीमा समूह एक दशमलव ४६ र लघुवित्त समूह शून्य दशमलव ८४ प्रतिशतले घटेको छ।
आज सबैभन्दा धेरै माहुली लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ०५ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घटनेमा  सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको शेयर मूल्यमा नौ दशमलव ९८ प्रतिशतले गिरावट देखिएको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सुर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको एक करोड ७० लाख ११ हजार चार सय ७८ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने प्रभु स्मार्ट फन्डको सबैभन्दा धेरै एक लाख १७ हजार तीन सय कित्ता शेयर किनबेच भएको छ। 

प्रकाशित: Oct 31, 2023| 15:52 मंगलबार, कात्तिक १४, २०८०
प्रतिक्रिया दिनुहोस्