मंगलबार, असार ३०, २०८३

जसपाबाट सञ्जिला यादव सांसदमा सिफारिस

 |  मंगलबार, कात्तिक १४, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १४, २०८०

जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेश प्रदेशसभाको रिक्त समानुपातिक सदस्यमा सञ्जिलाकुमारी यादवलाई पठाउने निर्णय गरेको छ।

सोमबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उक्त निर्णय गरेको हो।

समानुपातिक सांसद विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थानमा यादवलाई चयन गरिएको हो। बैठकमा सङ्घीय संसदमा पेस हुन लागेका ऐनबारेमा पनि छलफल भएको थियो।

प्रकाशित: Oct 31, 2023| 07:37 मंगलबार, कात्तिक १४, २०८०
प्रतिक्रिया दिनुहोस्