शनिबार, वैशाख २२, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • परराष्ट्रमन्त्री साउद र अमेरिकी विदेशमन्त्री ब्लिन्केनबीच भेटवार्ता

परराष्ट्रमन्त्री साउद र अमेरिकी विदेशमन्त्री ब्लिन्केनबीच भेटवार्ता

 |  मंगलबार, कात्तिक १४, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १४, २०८०

काठमाडौं- अमेरिका भ्रमणका रहेका परराष्ट्रमन्त्री एनपी साउदले अमेरिकी समकक्षी एन्टोनी ब्लिनकेनसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। उक्त भेटमा दुबै पक्षले एमसीसी कार्यान्वयनमा जोड दएको वाशिङ्टनस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। 

triton college

भेटपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, 'मन्त्री साउदले युएसएआईडी र मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) मार्फत हालै अमेरिकी सहयोग लगायत नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गरेकोमा अमेरिकी सरकारलाई धन्यवाद दिनुभयो  दुबै पक्षले एमसीसी अन्तर्गतका आयोजनाहरुको समयमै कार्यान्वयनको महत्वमा जोड दिए।' 

भेटमा दुवै पक्षले नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धको वर्तमान अवस्थाप्रति सन्तुष्टि व्यक्त गर्दै पारस्परिक हितका क्षेत्रमा भइरहेको संलग्नतालाई विस्तार र गहिरो बनाउने प्रतिबद्धता गरेका छन्। 

परराष्ट्रमन्त्री साउदले नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति भएको सन्दर्भमा विकासका प्राथमिकताबारे प्रकाश पार्दै व्यापार तथा लगानी, बजार पहुँच, कृषिको विकास, खाद्य सुरक्षा, आईटी क्षेत्र र नयाँ प्रविधि विकासलगायतका क्षेत्रमा अमेरिकाबाट थप सहयोग गर्न आह्वान गरेका छन्। 

उनले नेपालका लागि नयाँ निर्यातयोग्य वस्तुहरू थपेर नेपाल ट्रेड प्रिफरेन्स प्रोग्राम (एनटीपीपी) र जीएसपी सुविधाहरूको पुन:अधिकार र विस्तारका लागि अमेरिकालाई अनुरोध गरेका छन्। 

corrent noodles
Metro Mart

प्रजातान्त्रिक शासनको सुदृढीकरणमा नेपालले गरेको प्रगतिको प्रशंसा गर्दै अमेरिकी विदेशमन्त्री ब्लिन्केनले अमेरिकी सरकार नेपाललाई बलियो र समृद्ध लोकतन्त्रको रुपमा हेर्न चाहेको बताए। सचिव ब्लिन्केनले परराष्ट्रमन्त्रीलाई नेपालको विकास प्रयासमा अमेरिकाले सहयोग जारी राख्ने आश्वासन दिएका छन्। 

दुवै पक्षले बहुपक्षीय मञ्चमा नेपाल–अमेरिका सहयोग, मध्यपूर्वको वर्तमान अवस्थालगायत क्षेत्रीय तथा विश्वव्यापी मामिलाहरूमा साझा चासोका अन्य विषयमा पनि विचार आदानप्रदान गरेका थिए। 

मन्त्री साउदले सचिव ब्लिन्केनलाई निकट भविष्यमा समय उपयुक्त समयमा नेपाल भ्रमणको निमन्त्रणा दिएका छन्। भेट हुनुअघि परराष्ट्रमन्त्रीले विदेश मन्त्रालयमा गेस्ट बुकमा हस्ताक्षर गरेका थिए।

द्विपक्षीय भेटमा मन्त्री साउदका साथमा राजदूत श्रीधर खत्रीलगायत मन्त्रालय र दूतावासका उच्च अधिकारीहरु सहभागी थिए। अमेरिकी विदेशमन्त्री ब्लिन्केनका साथ सहायक सचिव डोनाल्ड लु, राजदूत डीन थम्पसन र विदेश विभागका वरिष्ठ अधिकारीहरू सहभागी थिए।

मंगलबार साँझ राजदूत श्रीधर खत्रीले परराष्ट्रमन्त्रीको सम्मानमा उनको निवासमा ह्वाइट हाउस, डिपार्टमेन्ट अफ स्टेट, युएसएआइडी, एमसीसीलगायतका अमेरिकी निकायका वरिष्ठ अधिकारी तथा कूटनीतिक सदस्यको उपस्थितिमा स्वागत समारोह आयोजना गर्नेछन्।

 

प्रकाशित: Oct 31, 2023| 07:35 मंगलबार, कात्तिक १४, २०८०
प्रतिक्रिया दिनुहोस्