बिहीबार, भदौ ४, २०८३

३९ सय १५ जना संक्रमित थपिए, २७ को मृत्यु

शुक्रबार २४ घण्टामा देशभर थप ३ हजार ९१५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ।
 |  शुक्रबार, साउन २९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २९, २०७८

काठमाडौं– शुक्रबार २४ घण्टामा देशभर थप ३ हजार ९१५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ७०८ पीसीआर परीक्षणमा दुई हजार ७६३ र छ हजार ८७४ एन्टिजेन परीक्षणमा एक हजार १५२ जना गरी कूल तीन हजार ९१५ जनामा सङ्क्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या सात लाख २८ हजार ५३२ पुगेको छ । त्यस्तै एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ७४ हजार ३४ रहेको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा थप दुई हजार ११८ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म नेपालमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या छ लाख ७९ हजार ४९५ पुगेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९३.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा ३५ हजार ५१८ होम आइसोलेसन, तीन हजार २८० जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यसैगरी ७३६ जना आइसीयू र १८६ जना भेन्टिलेटरमा उपचाररत छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार ७९८ जना छन् ।

नेपालमा कोरोना सङ्क्रमणबाट थप २७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दश हजार २३९ पुगेको छ । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुने दर १.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

प्रकाशित: Aug 13, 2021| 17:49 शुक्रबार, साउन २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।