मंगलबार, वैशाख २९, २०८३

सिद्धार्थ बैंकले ४.२१ प्रतिशत नगद लाभांश दिने

 |  सोमबार, कात्तिक १३, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १३, २०८०

सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई ४.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

National life

बैंक सञ्चालक समितिको ४१८औँ बैठकले हाल कायम रहेको चुक्ता पूँजी १४ अर्ब ९ करोड रुपैयाँको ४.२१ प्रतिशत बराबरको ५९ करोड ३१ लाख ८८ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएपछि तथा बैंकको आगामी साधारण सभाले पारित गरेर वितरण गरिने छ।

बैंकले गत आर्थिक वर्ष २०७९/८० मा ३ अर्ब १६ करोड खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा २६ करोड अर्थात् ९.११ प्रतिशतले बढी हो।

खुद मुनाफाको तुलनामा बैंकको वितरणयोग्य मुनाफामा केही संकुचन आएको छ। जसको कारण बैंकले आर्थिक वर्ष २०७९/८० को खुद मुनाफाबाट १ अर्ब ४६ करोड रुपैयाँ बराबर रकम ऋणपत्रको लागि पुँजी फिर्ता जगेडा कोषमा विनियोजन गरिएकाले हो।

यसरी जगेडा कोषमा विनियोजित रकम ऋणपत्र परिपक्क भएपश्चात सेयरधनीलाई नै वितरण गरिन्छ। तसर्थ विनियोजित रकम १ अर्ब ४६ करोडसमेत गणना गर्दा बैंकको वास्तविक वितरणयोग्य मुनाफा २ अर्ब १२ करोड रुपैयाँ कायम हुन आउँछ।

२०८० असार मसान्तमा बैंकको चुक्ता पुँजी १४ अर्ब ८ करोड रहेको छ भने जगेडा कोष ११ अर्ब २२ करोड रहेको छ। बैंकको नेटवर्थ २५ अर्ब ३१ करोड पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षभन्दा ३ अर्ब ७१ करोडले वृद्धि भएको हो।

बैंकले यस आर्थिक वर्षमा ५९ करोड नगद लाभांश वितरण गरे पश्चात पनि बैंकको नेटवर्थमा अघिल्लो आवभन्दा १४.४३ प्रतिशतले वृद्धि हुने देखिन्छ।

 

प्रकाशित: Oct 30, 2023| 17:07 सोमबार, कात्तिक १३, २०८०
प्रतिक्रिया दिनुहोस्