मंगलबार, वैशाख २९, २०८३

डिशहोम फाइबरनेटको अफर मंसिर ३ सम्म थप

 |  सोमबार, कात्तिक १३, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १३, २०८०

बडा दसैँको अवसर पारेर डिशहोम फाइबरनेट जोड्ने ग्राहकले एक वर्षको पैसा तिर्दा दुई वर्ष सेवा लिन पाउने अफर ल्याएको थियो। उक्त अफर घटस्थापनाको अवसर पारेर डिशहोम फाइबरनेटले आफ्ना ग्राहकका लागि ल्याएको थियो। अफरअन्तर्गत नयाँ ग्राहकले ५० एमबीपीएस देखि ३०० एमबीपीएससम्मका प्याकेज जडान गर्न सक्ने  थिए।

National life

जसमा ग्राहकले ५० एमबीपीएसदेखि २५० एमबीपीएससम्म फाइभ–जी राउटर पाउनेछन् भने ३०० एमबीपीएसको प्याकेज लिने ग्राहकले वाइफाई–६ राउटर पाउने थिए।

उक्त अफरको ग्राहकबाट अत्यधिक प्रतिक्रिया आएको हुनाले कम्पनीले १ वर्षको नयाँ कनेक्सन वा रिचार्ज गर्दा १२ महिना बोनस पाउने डिशहोम फाइबरनेटको ‘फेस्टिभ १२ महिने प्याकेज’ अफरलाई छठ पर्वको दिनसम्म अर्थात् मङ्सिर ३ गते सम्मका लागि थप गरेको जनाएको छ।

 

प्रकाशित: Oct 30, 2023| 17:06 सोमबार, कात्तिक १३, २०८०
प्रतिक्रिया दिनुहोस्