मंगलबार, असार ३०, २०८३

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै

 |  सोमबार, कात्तिक १३, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १३, २०८०

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ। बैठक आज दिउँसो साढे २ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने छ।

मधेश प्रदेशसभाका समानुपातिक सांसद चयन गर्ने विषयमा आजको बैठकमा छलफल हुने बताइएको छ। विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थानमा उम्मेदवार सिफारिस गर्न बैठक बस्न लागेको हो।

साथै बैठकमा पार्टीको संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी ३ महिने अभियानबारे समेत समीक्षा हुनेछ।

प्रकाशित: Oct 30, 2023| 11:41 सोमबार, कात्तिक १३, २०८०
प्रतिक्रिया दिनुहोस्