मंगलबार, वैशाख २९, २०८३

आयात बढ्यो, निर्यात घट्यो

 |  आइतबार, कात्तिक १२, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १२, २०८०

चालु आर्थिक वर्षको तेस्रो महिनासम्ममा मुलुकले चार खर्ब सात अर्ब ७५ करोड ८९ लाख बराबरको माल वस्तुको आयात गरेको छ।

National life

गत आर्थिक वर्षको सोही अवधिमा चार खर्ब ९९ करोड बराबरको वस्तु आयात भएको छ। गत आवको तेस्रो महिनाको तुलनामा चालु आवको तेस्रो महिनासम्म कुल आयात एक दशमलव ६९ प्रतिशतले बढेको छ।

भन्सार विभागले आज सार्वजनिक गरेको गत असोज मसान्तसम्मको विवरणअनुसार तीन महिनाको अवधिमा नेपालको निर्यात भने दुई दशमलव २६ प्रतिशतले ओरालो लागेको छ। विभागका अनुसार सो अवधिमा नेपालबाट ४० अर्ब ८७ करोड ४८ लाख बराबरको माल वस्तु निर्यात भएको छ। गत वर्षको तीन महिनाको अवधिमा ४१ अर्ब ८२ करोड बराबरको निर्यात भएको थियो।

सो अवधिमा नेपालको वैदेशिक व्यापार चार खर्ब ४८ अर्ब ६३ करोड बराबरको वैदेशिक व्यापार भएको छ। गत वर्षको यही अवधिमा चार खर्ब ४२ अर्ब ८१ करोड बराबरको वैदेशिक व्यापार भएको थियो।

विभागका अनुसार असोज मसान्तसम्म नेपालको व्यापार घाटा तीन  खर्ब ६६ अर्ब ८८ करोड बराबर रहेको छ। गत वर्षको सोही अवधिमा तीन खर्ब ५९ अर्ब १७ करोड बराबरको व्यापार घाटा भएको थियो।

प्रकाशित: Oct 29, 2023| 16:50 आइतबार, कात्तिक १२, २०८०
प्रतिक्रिया दिनुहोस्